चितुवाको आक्रमणबाट किशोरीको ज्यान गयो

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

डडेल्धुरामा चितुवाको आक्रमणबाट फेरि एक किशोेरीको मृत्यु भएको छ ।  बैतडीको शिवनाथ गाउँपालिका– ४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ। 

घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका– १ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्याल डडेल्धुरा जनाएको छ । अहिले डडेल्धुराबाट प्रहरीको टोली घटनास्थलतिर गएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । 

आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।

सुझावित समाचार