कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य एवं दलित संघका अध्यक्ष मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ ।  कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका उनलाई एक हप्तापछि भेन्टिलेटरबाट निकालिएको छ । 

कोरोना संक्रमणले फोक्सोमा निमोनिया र श्वास–प्रश्वासमा समस्या आएपछि उनी ग्रान्डी अस्पतालमा एक हप्तादेखि उपचाररत छन् । विश्वकर्माको पारिवारिक स्रोतका अनुसार  भेन्टिलेटरकाे पाइप निकालिए पनि उनलाई अक्सिजन दिएर राखिएको छ । उनी ७२ घन्टाको मेडिकल निगरानीमा छन् ।

विश्वकर्मालाई १ कात्तिकमा कोरोना पुष्टि भएको थियो । सुरुको एक हप्ता  होम आइसोलेसनमा नै बसेका उनलाई ९ कात्तिकमा वीर अस्पतालमा भर्ना गरिएको थियो । तीन दिन वीर अस्पतालमा उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि विश्वकर्मालाई ग्रान्डी अस्पताल लगिएको थियो ।

सुझावित समाचार