वार्षिकोत्सवको अवसर पारेर नेपाल बैंकले १२ नयाँ शाखा सञ्चालनमा ल्याउने

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाल बैंकले स्थापनाको ८४औँ स्थापना दिवसको अवसर पारेर १२ नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ । बैंकले देशका विभिन्न स्थानमा नयाँ शाखा तथा २ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याउन लागेको हो । 

१९९४ साल कात्तिक ३० गते नेपालकै पहिलो बैंकका रूपमा स्थापना भएको नेपाल बैंक ८४ वर्ष प्रवेशलाई विशेष सेवामुखी बनाउने योजनामा रहेको बैंकले जनाएको छ । त्यस्तै, बैंकले गरेको रक्तदान कार्यक्रममा ८९ जनाले रक्तदान गरेको जनाइएको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीको संयोजकत्वमा गठित अतिरिक्त क्रियाकलाप उपसमितिले लायन्स क्लब अफ बैंकर्स तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको छ । हाल बैंकले देशभरमा १ सय ९१ शाखा, १ सय २६ एटिएम तथा ३६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।

सुझावित समाचार