सरकारले कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाउने

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

सरकारले कोरोना संक्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने भएको छ । स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्यलाई व्यापक बनाइने  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड– १९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । 

उनले उपत्यकाका प्रत्येक वडामा  कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने जानकारी दिए । अहिले काठमाडौं उपत्यकामा १५ वटा  कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन् । देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिरहेका थिए । चार सय ६० गाउँपालिकामा ४,६०, २७६, नगरपालिकामा ५५,२ ११, उपमहारपालिकामा ३३  र  ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन् । 

श्रेष्ठका अनुसार सरकारले पहिले काठमाडौं उपत्यकामा  र त्यसपछि उपत्यकाबाहिर ट्रेसिङलाई केन्द्रित गर्नेछ । त्यसै समूहले संक्रमितको नजिक रहेका व्यक्तिलाई तथा संक्रमितको ट्राभल हिस्ट्रीको आधारमा नजिकका आफन्त तथा घरपरिवार सबैको ट्रेसिङ गर्नेछ । 

निगरानी समूह
मन्त्रालयले संक्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ । पचास घरबराबर सहयोग समूह गठन गर्ने उनले बताए । ती समूहकामा पाँचदेखि सातजना  रहनेछन् । कोभिड– १९ फोसल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका संक्रमित र परिवारको निगरानी गर्ने तथा ट्रेसिङमा परेका व्यक्तिको निगरानी गर्नेछन् । 

समूहले कोभिड– १९ सँग सम्बन्धित व्यक्तिलाई अस्पताल पुऱ्याउने र संक्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्वाब दिएकालाई घरबाहिर निस्कन दिने छैनन् ।

सुझावित समाचार