नेकपा सचिवालयको अनौपचारिक बैठकमा बहुमत सदस्य उपस्थित

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठकमा बहुमत सदस्य सहभागी भएका छन् ।

सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका हुन् । 

नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा भने अनुपस्थित छन् । 

पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले सचिवालयका सबै सदस्यलाई जानकारी गराएको बताए पनि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यस विषयमा अध्यक्ष ओली र सहासचिव विष्णु पौडेललाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

सुझावित समाचार