कोरोना महामारीको समयमा सर्वसाधारणको जीवन नर्मल बनाउन सहयोग पुर्याउने उद्देश्यले एनसेलले प्रोत्साहनमूलक सर्ट फिल्म सार्वजनिक गरेको छ ।
एनसेलले बुधबार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत सर्ट फिल्म सार्वजनिक गरेको हो ।
‘अनपज’ थिमअन्तर्गत ‘बढ्छ जिन्दगी जब अगाडि चल्छ जिन्दगी’ नामक सर्ट फिल्ममा कोभिड प्रकोप पूर्वको सामान्य जनजीवन, लकडाउन अर्थात् बन्दाबन्दीको अवस्था, यसकाे असर र अहिलेको स्थितिमा जीवनलाई सामान्यीकरणका साथ कसरी भविष्यको पुनः कल्पना गर्दै अघि बढ्न सकिन्छ भन्ने विषय उठाएको छ ।
यो अभियानसँगै एनसेलले उपभोक्ताका लागि विभिन्न अफरहरूसमेत ल्याउने संकेत गरेको छ ।
एनसेलका अनुसार कम्पनीले कोभिड प्रतिकार्यअन्तर्गत विभिन्न सामाजिक कार्यहरू, सेवामा छुट, रिचार्जमा १२० प्रतिशत बोनसकाे सुविधा ल्याएकाे छ । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना तथा जनस्वास्थ्यसम्बन्धी नियमहरूको पालनाका लागि जनचेतना फैलाउन काम गर्दै आएको छ ।