गाउँपालिका कार्यालय एक साता बन्द

शुक्रबार, २१ कार्तिक, २०७७
डिजिटल संस्करण

दंगीशरण गाउँपालिकाको कार्यालय एक साताका लागि बन्द हुने भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि २१ देखि २७ कात्तिकसम्मका लागि गाउँपालिकाको कार्यालय बन्द रहने कार्यवाहक अध्यक्ष पिमाकुमारी ओलीले जानकारी दिइन् । 

‘दंगीशरण गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएकाले यस कार्यालय र मातहतका शाखाबाट प्रदान हुने सेवा एक साताका लागि बन्द गरिएको छ,’ कार्यवाहक अध्यक्ष ओलीद्वारा जारी सूचनामा उल्लेख छ । उनले गाउँपालिकाको कार्यालय र मातहत शाखाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द रहने बताइन् । उनले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा मागेकी छन् । 

सुझावित समाचार