बागबजारबाट विप्लव समूहका दुई नेता पक्राउ

बिहिबार, २० कार्तिक, २०७७
डिजिटल संस्करण

विप्लव समूहका दुई नेता काठमाडौंको बागबजारबाट पक्राउ परेका छन् । जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य तथा खोटाङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष खेम प्रधान र सक्रीय सदस्य टीकाराम चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । 

नेपाल भ्रमणमा रहेका भारतीय सेनाअध्यक्ष मनोजमुकुन्द नरभणेको भ्रमणको विरोधमा ब्यानर र पर्चा बोकेर हिँडेको अवस्थामा उनीहरूलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार