एकैदिन ३० जना संक्रमितको निधन

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप ३० जना कोरोना संक्रमितको निधन भएको छ ।

हालसम्म संक्रमणबाट एकैदिन निधन भएको यो संख्या अहिलेसम्मकै बढी हो ।

योसमेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बुधबार थप ३३ सय नौजना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमितमध्ये तीन सय ८९ जनाको आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

सुझावित समाचार