पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधनमा कांग्रेसले शोक व्यक्त गरेको छ । बुधबार वक्तव्य निकाल्दै कांग्रेसले शोक व्यक्त गरेको हो।
कांग्रेस संसदीय दलले निकालेको वक्तव्यमा भनिएको छ, ‘पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य माननीय कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान भएको असामयिक दु:खद निधनले हामीलाइ मर्माहत एवं दुखी तुल्याएको छ।’
महरापत्नी सीताको बुधबार बिहान ६:२५ बजे निधन भएको हो। १५ गतेदेखि उनलाइ भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। नर्भिक हस्पिटलमा पिसिआर टेस्ट गर्दा उनलाई कोरोना पजिटिभ देखिएको थियो।
