पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई जापान सरकारले विभूषित गर्ने भएको छ । नेपाल–जापान सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाण्डेलाई जापानले सन् २०२० का लागि अर्डर अफ दी राइजिङ सन नामको विभूषण दिने निर्णय गरेको हो । जापानी दूतावासका अनुसार यस वर्ष विभूषण पाउने विदेशी नागरिकहरूको सूचीमा पाण्डे परेका हुन् । दक्षिण एसियाबाट यसपटक विभूषित हुने पाण्डे एकजना मात्रै नागरिक हुन् ।
जापानी दूतावासका अनुसार वर्षमा दुईपटक जापानसँग सम्बन्धमा योगदान पुऱ्याएका व्यक्तित्वलाई विभूषित गर्दै आएको छ । पर्यटन मन्त्री हुँदा पाण्डेले सन् १९८६ मा जापान, चीन र नेपाली नागरिकलाई सगरमाथा आरोहणका लागि सहयोग गरेको, नेपाल भ्रमण गर्ने प्रथम जापानी नागरिक एकाइ कावागुचीको टिकट पाण्डे सञ्चारमन्त्री भएका वेला जारी भएको भन्दै पाण्डेलाई विभूषित गर्ने निर्णय भएको दूतावासले जनाएको छ । पाण्डेभन्दा अघि कांग्रेस वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई पनि जापान सरकारले यही विभूषण दिएको छ ।
पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई जापानको विभूषण
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
परीक्षाविनै जापान बस्नेलाई डोजरको लाइसेन्स, यातायातका हाकिम र प्रहरीसहित सातविरुद्ध मुद्दा
काठमाडौं । लिखित र ट्रायलविनै जापानमा रहेका व्यक्तिलाई सवारी लाइसेन्स दिएको आरोपमा अख्तियारले यातायात व्यवस्था कार्यालय सवारीचा…
श्रमिकलाई अनिवार्य ‘चाडपर्व खर्च’ उपलब्ध गराउन रोजगारदातालाई निर्देशन
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठा…
भोटेकोशी बाढी क्षतिको एकीकृत प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण : २३ सय परिवार विस्थापित, ८५ पुल ध्वस्त
तीन सय उद्योगमा दुई अर्ब ७१ करोडको क्षति, १७ सय श्रमिकको रोजगारी गुम्यो
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले दिए राजीनामा
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को …
चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन
काठमाडौं । नेपाल प्रहरीले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना&nda…
बागमतीको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पुनः नियमित, क्यान्सर र मुटुरोगमा थप ५० हजार सहुलियत
मकवानपुर । करिब तीन महिनादेखि रोकिएको बागमती प्रदेशको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गतको उपचार सहुलियत …