अक्टोबरमा भारतको बेरोजगारी दर ६.९८ पुग्यो

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

कोभिड– १९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर भारतमा सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेकोमा अक्टोबरमा ६.९८ प्रतिशतमा पुगेको छ । भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रबुद्धहरूको केन्द्र (सिएमआइई)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगारी बढेको उल्लेख छ ।

सोमबार साँझ जारी सिएमआइईको तथ्यांकअनुसार यस पहिले कृषि क्षेत्र मजबुत हुने संकेत देखिएको भए पनि अक्टाेबरमा यस क्षेत्रको बेरोजगारी बढेको छ । सहरी क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ८.४५ रहेकोमा अक्टोबरमा ७.१५ प्रतिशतमा झरेको छ । त्यस्तै, ग्रामीण क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ५.८६ प्रतिशत रहेकोमा अक्टोबरमा ६.९० पुगेको केन्द्रले जनाएको छ ।

रोजगार संख्याको विपरीत अक्टाेबरमा सामान तथा सेवा कर संकलनमा फेब्रुअरीपछि उच्च रहेको र सन् २०१९ को अक्टोबरको तुलनामा १०.२ प्रतिशतले वृद्धि भएको बताइएको छ । 

सुझावित समाचार