कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको साँवा तथा ब्याज माछापुच्छ्रे बैंकबाट तिर्न मिल्ने भएको छ । कोषका ऋणीलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोषसम्म पुग्न नपरोस् भन्ने उद्देश्यले माछापुच्छ्रेको कुनै पनि शाखाबाट कर्जा भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको हो ।
कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्नेे माछापुच्छ्रे पहिलो बैंक बनेको दाबी गरिएको छ ।
यसअघि माछापुच्छ्रे बैंक र सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरूले लिएको ऋणको साँवा तथा ब्याज कनेक्ट आइपिएसमार्फत भुक्तान गर्न सक्ने गरी सहमति भएको थियो । यसअनुरूप बैंक नपुगीकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।