अमेरिका–नेपाल मेडिकल फाउन्डेसनद्वारा विभिन्न अस्पताललाई मास्क हस्तान्तरण

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना भाइरसको अति उच्च जोखिममा परेका उपत्यकाका कोभिड अस्पतालमा अमेरिका–नेपाल मेडिकल फाउन्डेसनले तीन हजार थान गुणस्तरीय एन ९५ मास्क उपलब्ध गराएको छ । फाउन्डेसनले जोखिममा रहेका स्वास्थ्यकर्मीका लागि भन्दै सोमबार मास्क उपलब्ध गराएको हो । 

फाउन्डेसनका नेपाल अध्यक्ष डा. भूपेन्द्रकुमार बस्नेतको अगुवाइमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल, प्रसूति गृह र निजामती अस्पताललाई प्रतिअस्पताल चार सय थान नघट्ने गरी मास्क दिइएको हो । 

सिंगापुरस्थित थ्री एम कम्पनीले उत्पादन गरेको एन ९५ मास्क तीन हजार थान उपलब्ध गराएको अध्यक्ष डा. बस्नेतले बताए । पछिल्लो समय निजी अस्पतालको तुलनामा सरकारी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमण हुने दर बढी छ । 

‘स्वास्थ्य सेवा प्रवाहको स्तर पनि सरकारीमै बढी छ, त्यसैले त्यहाँका स्वास्थ्यकर्मीलाई संक्रमण हुनबाट जोगाउन सकियो भने महामारीमा महत्वपूर्ण योगदान होला,’ डा. बस्नेतले भने । फाउन्डेसनले ११ लाख रुपैयाँको मास्क हस्तान्तरण गरेको जनाएको छ ।

सुझावित समाचार