भारतीय सहयोगमा नवलपुरस्थित भीमसेन आदर्श माध्यमिक विद्यालय निर्माण भएको छ । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको दुई करोड ५८ लाख ३० रुपैयाँ आर्थिक सहयोगमा निर्मित विद्यालय सोमबार उद्घाटन भएको छ ।
भारतीय राजदूतावास, नवलपुर जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय प्रतिनिधिले संयुक्त रूपमा भिडियो कन्फ्रेरमार्फत विद्यालय भवन उद्घाटन भएको हो । विद्यालय नवलपुरको देवचुली– ७ मा अवस्थित छ । सन् १९६९ मा स्थापित विद्यालयमा कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ । विद्यालयमा ५५ प्रतिशतभन्दा बढी छात्रा छन् ।
जिल्ला समन्वय समितिले भारतीय सहयोगमा निर्माण गरेको विद्यालय भवनमा विद्यालय भवनमा १६ वटा कक्षाकोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधि कक्ष र सरसफाइ सुविधा कक्ष रहेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।