लागुऔषधसहित एक पक्राउ

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल नेपाल बोर्डर सीमा आउट पोस्ट वीरगन्जले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । मोतिहारी घर भई रक्सौल ५ बस्ने भारतीय नागरिक १७ वर्षीय सुरज शर्मा पक्राउ परेका हुन् । 

उनको साथबाट डाइजपाम एक सय ९८ ग्राम, फेनारगन एक सय ९९ थान र नुफिन तीन सय ९६ थान बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले जानकारी दिए । सोमबार दिउँसो वीरगन्ज महानगरपालिका– १६ इनर्वानजिक दशगजा क्षेत्रमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार लक्ष्मण खड्काको टोलीले जाँकको क्रममा लागुऔषधसहित पक्राउ गरेको उनले बताए । 
भारतबाट प्रतिबन्धित लागुऔषध लिएर आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले शंकास्पद लागेपछि चाँज गर्दा लागुऔषध बरामद भएको प्रहरी निरीक्षक बमले बताए । उनका अनुसार सीमानाकामा सामान्य आवातजावत खुला भएसँगै लागुऔषध तस्कर सक्रिय भएपछि नाकामा कडाइ गरिएको छ ।
 

सुझावित समाचार