टिपरको ठक्करबाट बालकको मृत्यु

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

लुम्बिनी-भैरहवा सडकखण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिरनजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु.१क ११७४ नम्बरको टिपरले आज बिहान ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए । 

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन् । 

सुझावित समाचार