पोखरामा थप एक कोरोना संक्रमितको निधन भएको छ । पोखरा महानगरपालिका– ९ की ६२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार बिहान निधन भएको हाे ।
प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बिहान ८ बजे उपचारको क्रममा कोभिड– १९ केन्द्रमा उनको निधन भएको बताए । उनलाई १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि आइसियूमा राखेर उपचार भइरहेकाे थियो ।
उनमा निमोनियालगायत समस्या देखिएको निर्देशक डा. आचार्यले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७६ पुगेको छ ।