थप १६ जना कोरोना संक्रमितको निधन

शुक्रबार, १४ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टाभित्र देशभर थप १६ जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत शुक्रबारसम्म संक्रमणबाट निधन हुनेको संख्या नौ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा मृत्यु हुने दर ०.६ प्रतिशत छ । 

देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा आज ३५ सय १७ जना कोरोनाका नयाँ संक्रमित थपिए भने चार हजार ९६ जना निको भएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार तीन सय ५७ जना रहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार