नेकपा विप्लव समूहका कञ्चनपुर सचिव पक्राउ

शुक्रबार, १४ कार्तिक, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) कञ्चनपुरका पार्टी कार्यालय सचिव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार नेकपा जिल्ला पार्टी कार्यालय सचिव शंकर महरालाई पक्राउ गरेको हो ।

कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले महराविरुद्ध यसअघि आगजनी, विस्फाेटका घटनामा संलग्न भएकाले पक्राउ गरिएको बताए । ‘उहाँविरुद्ध परेको जाहेरीका आधारमा अदालतमा पेस गरिएको मुद्दामा अनुपस्थित  भएकाले पक्राउ गरेका हौँ,’ प्रवक्ता थापाले भने, ‘महराका विषयमा थप अनुसन्धान पनि गर्छौँ ।’ महरालाई महेन्द्रनगरबाट पक्राउ गरिएको उनले बताए ।

 नेकपा कञ्चनपुरले भने आफ्ना नेता–कार्यकर्तालाई झुटा मुद्दा लगाएर फसाउने काम गरेको भन्दै महराको ससम्मान रिहाइको माग गरेको छ । नेता–कार्यकर्तामाथि अनावश्यक धरपकड नगर्नसमेत नेकपा कञ्चनपुरले चेतावनी दिएको छ । 

सुझावित समाचार