कोरोना संक्रमणबाट निधन हुनेको संख्या नौ सय नाघ्यो, आज थप १७ जनाको निधन

बिहिबार, १३ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाको निधन भएको छ । 

योसमेत हालसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या नौ सय चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार ३८ जना निको भएर डिस्चार्ज भएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये तीन सय चारजनाको आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 

सुझावित समाचार