सोयाबिन उद्योगमा आगलागी

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

कैलालीको टीकापुर नगरपालिका– ३ शंकरपुरस्थित बलायर सोयाबिन उद्योगमा मंगलबार राति आगलागी भएको छ ।

विद्युतलाइन सर्ट भई आगलागी भएको अनुमान प्रहरीले गरेको छ । 

आगलागीबाट सोयाबिन उद्योगमा करिब दुई करोडभन्दा बढीको संरचनासहित सोयाबिन बनाउने कच्चा पदार्थमा क्षति भएको सञ्चालक मनीष बलायरले बताए ।  

आगआगीबाट मेसिनसहित अन्य सामान के–कति क्षति भयाे भन्नेबारे यकिन विवरण नआएको र घटनाबारे छानबिन भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ  । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय व्यक्ति तथा दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको थियो । 

सुझावित समाचार