कोरोना संक्रमणबाट थप १५ जनाको निधन

सोमबार, १० कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप १५ जनाको निधन भएको छ । 

योसमेत हालसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा देशभर १७ सय ४१ जना नयाँ संक्रमित थपिएको र चार हजार पाँचजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

हाल सक्रिय संक्रमित भने ४३ हजार दुई सय ९३ जना छन् ।

संक्रमितमध्ये दुई सय ८५ आइसियू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार