कोरोना संक्रमित थप पाँचजनाको निधन

आइतबार, ९ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप पाँचजनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या आठ सय ४७ पुगेको छ ।

देशभर पछिल्लो २४ घन्टामा २८ सय ५६ जना संक्रमित भएका छन् भने ३३ सय २६ संक्रमित निको भएका छन् । 

सक्रिय संक्रमित ४५ हजार पाँच सय ७२ जना छन् । संक्रमितमध्ये दुई सय ७७ जनाको आइसियूमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार