घानामा चर्चकाे ६ तले भवन भत्किँदा २२ जनाको मृत्यु

शनिबार, ८ कार्तिक, २०७७
डिजिटल संस्करण

घानामा चर्चको ६ तले भवन भत्कँदा शुक्रबार कम्तीमा २२ जनाको मृत्यु भएको छ । 

देशको पूर्वी क्षेत्रमा भएको घटनामा परेर कैयौँ घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।  

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरूको संख्या अझै धेरै हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् । 

घटना भएका वेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चारमाध्यमले संप्रेषण गरेका छन् ।

सुझावित समाचार