कोरोना संक्रमित थप १७ जनाको निधन

शुक्रबार, ७ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाको निधन भएको छ ।

योसमेत देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या आठ सय २९ पुगेको छ ।

शुक्रबार देशभर चार हजार चार सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा २६ सय ६८ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी संक्रमितमध्ये दुई सय ९० जनाको आइसियू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 

सुझावित समाचार