एकैदिन २६ जना कोरोना संक्रमितको निधन

बुधबार, ५ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६ जनाको निधन भएको छ ।

योसमेत बुधबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बुधबार पाँच हजार सात सय ४३  जना संक्रमित थप भएका छन् भने २९ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ४४ हजार चार सय ७६ पुगेको छ । 
 

सुझावित समाचार