२४ घन्टामा कोरोना संक्रमित थप आठजनाको निधन

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप आठजनाको निधन भएको छ ।

योसमेत आइतबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर मंगलबार तीन हजार ९३ जना संक्रमित थप भएका छन् भने २१ सय आठ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ४१ हजार सात सय ७४ पुगेको छ । त्यसैगरी दुई सय ७३ संक्रमितको आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार