जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी

सोमबार, ३ कार्तिक, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सोमबारदेखि सुरु भएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, संगठन समायोजन निर्देशिका, आर्थिक व्यवस्थापन लगायतका एजेण्डा छन् ।

बैठकमा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका शीर्ष नेताहरु सहभागी छन् ।

जसपको केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । बैठकले डा.भट्टराईको वरियता पनि टुंगाउने सम्भावना छ ।

समाजवादी पार्टी र राजपाबीच वैशाख १० गते पार्टी एकता भएर जसपा बनेकाे हाे ।

सुझावित समाचार