नेपाल बैंकले आफ्नो स्थापनाको ८४औँ वर्ष प्रवेशका अवसरमा ग्राहकलाई विभिन्न सेवा निःशुल्क दिने भएको छ । बैंकले निक्षेप खाताहरूमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट एकाउन्ट, मेरो सेयर, सिआस्बा र भिसा डेबिट कार्ड निःशुल्क दिने भएको हो ।
यसका साथै विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिने बैंकले जनाएको छ । आउँदा दिनमा ग्राहकलाई थप अत्याधुनिक बैंकिङ सेवा–सुविधा प्रदान गर्ने बैंकले प्रतिबद्धता जनाएको छ । १९९४ साल कात्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भएको बैंकले हाल ६४ जिल्लामा १ सय ९१ शाखा, १ सय २६ एटिएम तथा ३६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।