कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको निधन भएको छ ।
योसमेत आइतबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आइतबार २९ सय ४२ संक्रमित थप भएका छन् भने २३ सय २६ जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमित बढेर ३९ हजार तीन सय ४१ पुगेको छ ।