एनसेलको नारी ग्राहक लक्षित ‘गो सिम’ सेवा

आइतबार, २ कार्तिक, २०७७
डिजिटल संस्करण

एनसेल आजियाटा लिमिटेडले महिलाहरूका लागि ‘अघि बढौँ’ भन्ने थिममा ‘गो सिम’ ल्याएको छ । कम्पनीले  विभिन्न बन्डल सेवा, हरेक रिचार्जमा बोनस, आपत्कालीन अवस्थाका वेला उधारो टक टाइम र एमएमएस सेवा लिन पाइने तथा निश्चित नम्बरहरूमा निःशुल्क कल सेवालगायतका सुविधा भएको सिम महिलाका लागि मात्र ल्याएको हो । 

यो सिम एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट ९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । गो सिमको खरिदसँगै ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २ सय एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा एसएमएस प्राप्त गर्ने जनाइएको छ । गो सिममार्फत दामी म्युजिक तथा हंगामा म्युजिक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । 

सिम सुचारु भएको अर्को दिनको मध्य रातिसम्ममा गरेको पहिलो १ सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ७ दिनको समय मान्य रहेको १ सय मिनेट अन नेट टक टाइम र १ सय एमबी डेटा बोनसस्वरूप प्राप्त गर्ने जनाइएको छ । 

आजियाटाका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले महिलाका लागि विशेष रूपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिलाकेन्द्रित प्याक सुरु गर्न पाएकोमा खुसी लागेको बताए । 

यसका विशेषताहरूमा बन्डल सेवादेखि लिएर आपत्कालीन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाका लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थाहरूमा निःशुल्क कल सेवाजस्ता थुप्रै सुविधाहरू रहेकोे उनको भनाइ छ । 

See More On

सुझावित समाचार