झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

खनालले फेसबुक स्टाटस लेख्दै आफू अस्पतालबाट डिस्चार्ज भएको र स्वास्थ्य अवस्था सामान्य बताएका हुन् । गत असोज २८ मा रक्तचाप बढेपछि नेता खनाल धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए । 

‘अस्पतालका डाक्टरहरूको निरन्तरको राम्रो उपचारपछि अहिले मेरो स्वास्थ्य सामान्य अवस्थामा रहेको छ र म आज अस्पतालबाट डिस्चार्ज भएको छु,’ खनालले भनेका छन् ।

खनालले स्वास्थ्य उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी टिमप्रति आभार व्यक्त गरेका छन् ।

सुझावित समाचार