एमएडब्लू अर्थमुभर्सद्वारा भर्चुअल माध्यमबाट एक्स्काभेटर सार्वजनिक

शुक्रबार, २९ असोज, २०७७
डिजिटल संस्करण

नेपालका लागि जेसिबी ब्रान्डका हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले जेसिबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ । कम्पनीले हेभी इक्विपमेन्ट क्षेत्रमै पहिलोपटक भर्चुअल प्रविधिमार्फत आफ्नो उत्पादन सार्वजनिक गरेको हो ।  

भर्चुअल लन्चलाई जेसिबी नेपालको फेसबुक पेजमा लाइभ गरिएको कम्पनीले जनाएको छ । नयाँ एक्स्काभेट नेपालको कठोर भूबनावटलाई ध्यानमा राखेर डिजाइन गरिनुका साथै ‘नेक्स्ट लेभल फिचर’हरू पनि राखिएको कम्पनीको दाबी छ । 

नयाँ जेसिबी एनएक्सटी २२१ एलसी २१.५ टनको शक्तिशाली भएको एक्स्काभेट हो । यसले १३०० आरपिएममा अधिकतम ५७१ एनएम टर्क उत्पन्न गर्ने कमपनीले जनाएको छ । पावर बुस्ट फिचरसहितको यो मेकानिकल मेसिनमा प्रयोग भएको हाइड्रोलिक सिस्टमले ९ प्रतिशतसम्म बढी प्रेसर उत्पन्न गर्ने जनाइएको छ । बेलायती इन्जिनियरिङमा बनाइएको यो मेसिनमा विश्वस्तरीय प्रविधि जडान गरिनुका साथै १.०२ क्युबिक मिटरको हेभी ड्युटी बकेट रहेको कम्पनीले जनाएको छ ।

 साथै, यसका बुम, आर्म र बकेट सिलिन्डरमा एचआरएस (हाइड्रोलिक रिजेनेरेटिभ सिस्टम) रहेको छ । बुममा रहेको ग्र्याफाइटले ग्रिजिङ इन्टरभललाई बढाएर १ हजार घन्टासम्म पुर्याउने जनाइएको छ । यसमा रहेको ७ इन्चको एलसिडी डिस्प्लेले इन्धनको मात्रा, इन्जिन स्पिड, अपरेटिङ मोड, ट्रिप मिटर, मेन्टेनेन्स इन्फर्मेसन, ब्रेकर एन्ड बकेट आवर मिटर र सर्भिसिङ वार्निङ एलर्टजस्ता जानकारी दिने कम्पनीले जनाएको छ । 

यो मेसिन विशेष गरी नेपाली एक्स्काभेट बजारलाई टार्गेट गरी निर्माण गरिएको एमएडब्लू अर्थमुभर्सले दाबी गरेको छ । यसले मेसिनको उत्पादकत्व, फ्युल इफिसेन्सी, इन्टेलिजेन्स, कनेक्ट, रिलायबिलिटी, मेन्टेनेन्स, कम्फर्ट र सेफ्टीलाई नयाँ उचाइमा पुर्याउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

सुझावित समाचार