वाकिटकी बोकी ट्राफिक प्रहरीको युनिफर्म लगाए हिँड्ने एकजना नक्कली प्रहरी पक्राउ परेका छन् । विगत दुई वर्षदेखि प्रहरीको सञ्चार सेटजस्तो देखिने वाकिटकी बोकी ट्राफिक प्रहरीको युनिफर्म लगाई प्रायः रातको समयमा म प्रहरी हुँ भनी काठमाडौं उपत्यकाका विभिन्न रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने स्थानहरूमा गई व्यवसायीलगायतलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिने गरेको भन्ने विशेष सूचनाको आधारमा रामेछापस्थित खाँडादेवी गाउँपालिकाका २८ वर्षीय गोविन्द खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी अनुसन्धान टोलीले खड्कालाई विभिन्न सामानसहित काठमाडौंको बानियाँटारबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।