कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १९ जनाको निधन भएको छ ।
योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार देशभर ३७ सय ४९ संक्रमित थप भएका छन् भने ३५ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमित बढेर ३६ हजार पाँच सय ३३ पुगेको छ । संक्रमितमध्ये तीन सय १४ जनाको आइसियूमा र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।