स्याङयोङको फेस्टिभ डिलाइट अफर

बिहिबार, २९ असोज, २०७७
डिजिटल संस्करण

नेपालका लागि कोरियाली गाडी स्याङयोङको आधिकारिक विक्रेता रहेको एवं आइएमएस ग्रुपअन्तर्गतको आइएमएस मोटर्सले दसैँ–तिहारको अवसर पारेर ‘स्याङयोङ फेस्टिभ डिलाइट’ अफर ल्याएको छ ।

अफरमा स्याङयोङ गाडी खरिदकर्ताले ३ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ । यसका साथै ग्राहकले आफ्ना पुराना सवारीसँग एक्सचेन्ज गरेमा बोनसस्वरूप २ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कोभिड वारियर्स भनेर चिनिएका डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी र प्रहरीलाई थप १ लाख रुपैयाँ छुट दिने जनाइएको छ । 

 अन्य अफर
नगद छुटबाहेक कम्पनीले गाडीको १ वर्ष निःशुल्क बिमा, ७ वर्षसम्मको फाइनान्स सुविधा, ३ वर्ष वारेन्टीको सुविधा पनि प्रदान गर्ने जनाएको छ । त्यस्तै, ३ वर्षसम्म निःशुल्क मर्मत, २५ हजार रुपैयाँबराबरको निःशुल्क एसेसरिज र रिफर ग्राहकका लागि २ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा दिने जनाइएको छ । यो अफर कात्तिक २६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । स्याङयोङ कोरियाको चौथो ठूलो गाडी उत्पादन गर्ने कम्पनी रहेको कम्पनीको दाबी छ ।

सुझावित समाचार