झापामा धारिलो हतियार प्रयोग गरी एकको हत्या

बुधबार, २८ असोज, २०७७
डिजिटल संस्करण

धारिलो हतियार प्रयोग गरी हत्या गरेर फ्यालेको अवस्थामा झापा सुरुंगा खोलास्थित बाँसघारीमा एक युवाको शव फेला परेको छ । 

हत्या गरिएका युवा कन्काई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरी भएको प्रहरीले जनाएको छ ।

उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उनले बताए ।

See More On

सुझावित समाचार