कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप नौजनाको निधन भएको छ ।
निधन हुनेमा दुई महिला र सातजना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या ६ सय ४५ पुगेको छ ।
निधन हुनेमा काठमाडौंमा एक महिला र दुई पुरुष गरी तीनजना, सुनसरीमा तीनजना पुरुष, चितवनमा एक महिला, ललितपुर र रुपन्देहीमा एक–एक पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।