तानसेन–बुटवल सडक दैनिक तीन घन्टा बन्द

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड चार दिनका लागि दैनिक तीन घन्टा बन्द गरिएको छ । 

तानसेनको बर्तुङदेखि चिडियाखोलासम्मका विभिन्न स्थानमा गएको पहिरो हटाउन सोमबारदेखि बिहीबारसम्म दैनिक तीन घन्टा बन्द गरिने भएको हो ।

डिभिजन कार्यालय पाल्पाका अनुसार बिहान ६ बजेदेखि ९ बजेसम्म सवारी आवागमन बन्द गरेर पहिरो हटाउन थालिएको छ । 

बिहान ९ बजेपछि भने सवारी आवागमन खुला हुने पाल्पाका ट्राफिक प्रमुख सइ पृथ्वीनारायण काफ्लेले जानकारी दिए । 

सुझावित समाचार