कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २२ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ पुरुष र पाँचजना महिलाको निधन भएको जनाएको छ ।
योसमेत हालसम्म संक्रमणबाट देशभर निधन हुनेको संख्या ६ सय ३६ पुगेको छ ।
निधन हुनेमा काठमाडौंमा एक महिला र चार पुरुष गरी पाँचजना, चितवनमा एक महिला र तीन पुरुष गरी चारजना, रुपन्देहीमा तीन पुरुष, भक्तपुरमा दुई पुरुष, सुनसरीमा एक महिला र एक पुरुष गरी दुईजनाको निधन भएको छ ।
त्यसैगरी धनकुटा र मकवानपुरमा एक–एक महिलाको निधन भएको मन्त्रालयले जनाएको छ ।
सर्लाही, ललितपुर, नुवाकोट र सिन्धुपाल्चोकका एक–एक पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।