खोलामा डुबेर एकको मृत्यु

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

मोरङको कानेपोखरीका एक युवाको खोलामा डुबेर ज्यान गएको छ ।  

कानेपोखरी–४ त्रिवेणी चोक बस्ने ३३ वर्षीय रेशम माझीको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

शनिबार राति साढे १० बजे सोही स्थानमा रहेको करिया खोलामा माझीलाई आफन्तहरूले  डुबेर बेहोस भएको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।  

पानीमा डुबेर बेहोस भएका माझीको धरानमा उपचारको क्रममा आइतबार राति साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार