कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १० जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप नौ पुरुष र एकजना महिलाको कोरोनाबाट निधन भएको हो ।
योसँगै देशभर हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६ सय पुगेको छ ।
निधन हुनेमा सुनसरीका तीन पुरुष, झापाका दुई पुरुष, रुपन्देहीका दुई पुरुष, ललितपुरका एक पुरुष र काठमाडौंका एक पुरुष र एक महिला गरी दुईजना रहेको मन्त्रालयले जनाएको छ ।