महान् ब्याडमिन्टन खेलाडी आर्थर एस १९८३ मा गम्भीर बिरामी परे । उनलाई मुटुको अप्रेसन गर्नुपर्ने भयो । तर, सो बखत उनको उपचारमा संलग्न डाक्टरले एउटा गम्भीर गल्ती गरे ।
उनको शरीरमा एड्स संक्रमित रगत चढाइयो । सोही गल्तीका कारण उनी एड्स रोगको चपेटामा परे । र, उनको जीवन एकाएक तहसनहस भयो । उनी मृत्यु शय्यामा पुगे । एनका शुभचिन्तकले विश्वभरबाट चिठी पठाइरहेका थिए । धेरैले पत्रमा लेखेका थिए, ‘भगवान्ले तपाईंलाई नै किन यति भयानक रोग
दिए होलान् ?’
त्यसको जवाफस्वरूप अर्थरले लेखे– विश्वभर पाँच करोड बच्चा टेनिस खेल्छन् । त्यसमा ५० लाखले सिक्छन् पनि । पाँच लाख प्रोफेसनल टेनिस खेलाडी बन्छन् नै । त्यसमध्ये ५० हजारले टिममा स्थान बनाउँछन् ।
पाँच सय विभिन्न प्रतियोगितामा भाग लिन पुग्छन् र ५० अन्तर्राष्ट्रिय प्रतियोगितामा । चार सेमिफाइनलसम्म र दुई फाइनलसम्म पुग्छन् । जब मैले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाएँ, तब मैले भगवान्लाई म नै किन भनेर सोधिनँ । र, आजको यो असह्य पीडामा पनि म सोध्दिनँ, ‘म नै किन ?’