बिपी प्रतिष्ठानमा धरानका एक संक्रमितको मृत्यु

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३९ वर्षीय काेराेना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका– १० घर भएका उनको बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

योसमेत धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

गत १२ असोजमा गरिएको स्वाब परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । १३ असोजमा प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरेर उनको उपचार थालिएको थियो । उनलाई क्षयरोग र मिर्गाैलासम्बन्धी रोग पनि भएको प्रतिष्ठानले जनाएको छ । 

सुझावित समाचार