नेकपा हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

विप्लव नेतृत्वको नेकपाका हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढालाई प्रहरीले पक्राउ गरेको छ  । जिल्लाको  ताँजाकोट– ५ डुग्रीबाट गएराति आफ्नै घरबाट बुढा पक्राउ परेका हुन् । 

पछिल्लो समय हुम्लालगायत देशका  विभिन्न स्थानमा आफ्ना गतिविधि निष्क्रिय भएको अवस्थामा हुम्लाको ताँजोकाट– ५ डुग्रीबाट राति तीन बजे प्रहरीको टोलीले गिरफ्तार गरेको परिवारले जानकारी दिए ।  

नेकपा विप्लव हुम्लाले गिरफ्तार बुढाको जिउज्यानको सुरक्षाको लागि मानवअधिकारकर्मी  र सञ्चारकर्मीहरूलाई अनुरोध गरेको छ ।

सुझावित समाचार