थप १५ जना कोरोना संक्रमितको निधन

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको निधन भएको छ ।

निधन हुनेमा १० जना पुरुष र पाँचजना महिला रहेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा दुई महिला र चार पुरुष गरी ६ जनाको निधन भएको छ । मोरङमा दुई पुरुषको निधन भएको छ । 

सिराहा, रौतहट र दाङमा एक–एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ललितपुर, चितवन, रुपन्देही र नवलपरासीमा एक–एक पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसँगै देशभर हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या पाँच सय ७८ पुगेको छ । 

सुझावित समाचार