जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको छ । फोर्ड गाडीमा रहेको विशेष शक्तिलाई प्रमाणित गर्न र ग्राहकलाई इन्जिनको शक्ति अनुभव गराउने उद्देश्यले कम्पनीले योजना ल्याएको हो ।
फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी, बहुआयामिक तवरले लोकप्रिय एसयुभी भएको कम्पनीको दाबी छ । यसको २०२० मोडेलमा परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ बजारमा ल्याएको जनाइएको छ । १५०० सिसी ड्र्यागन सिरिज इन्जिन जडित, १२२ पिएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयुभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयुभी भएको कम्पनीको दाबी छ ।
ग्राहकले यस योजनामा भाग लिन, न्यूनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नुपर्ने कम्पनीले जनाएको छ । त्यसपछि ग्राहकले यस सेगमेन्टको अरू कुनै पनि गाडी चुनौतीका लागि रोज्न सक्ने र फोर्ड इकोस्पोर्टसँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिन सक्ने जनाइएको छ । इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराउन नसकेमा ग्राहकले बुकिङ रकमभन्दा दोब्बर रकम फिर्ता पाउने कम्पनीले जनाएको छ ।
विशेषता
चालक र यात्रीको सुरक्षाका लागि ६ वटासम्म एयरब्याग रहेको कम्पनीले जनाएको छ । यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीका लागि ८ इन्चको टचस्क्रिनयुक्त सिन्क थ्री सिस्टम, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध रहेको जनाइएको छ । ९ इन्च टचस्क्रिनमा आधारित इन्फोटेनमेन्ट प्रणालीका साथ स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट–स्टप, डिआरएल रेन सेन्सिङ वाइपरजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ ।