राजधानी विवाद : नाराबाजीपछि तोडफोडमा उत्रिए सांसद

सोमबार, १९ असोज, २०७७
डिजिटल संस्करण

प्रदेश ५ को राजधानी दाङ तोक्ने विवाद चर्किँदै जाने क्रममा सोमबारको प्रदेश सभा बैठकमा नाराबाजी तथा तोडफोड भएको छ । 

२ बजेसम्मका लागि स्थगित भएको बैठक केहीबेर अघि सुरु हुने क्रममा विपक्षी दलका सांसद नाराबाजी गर्दै तोडफोडमा उत्रिएका हुन् । 

नाराबाजी र तोडफोडबीच सभामुख पूर्णबहादुर घर्तीले बैठक अगाडि बढाएका छन् । बैठकमा राजधानी तथा नामका लागि सरकारले गरेको प्रस्तावमाथि छलफल सुरु गरिएको छ ।
 

सुझावित समाचार