विगत २४ घन्टामा देशभर आठजना कोरोना संक्रमितको निधन भएको छ ।
निधन हुनेमा दुई महिला र ६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंका दुई पुरुष, ललितपुर, सिन्धुपाल्चोक, दोलखा र कैलालीका एक–एक पुरुषको निधन भएको हो ।
त्यसैगरी सुनसरी र चितवनका एक–एक महिलाको निधन भएको मन्त्रालयले जनाएको छ ।
याेसमेत देशभर हालसम्म संक्रमणबाट निधन हुनेकाे संख्या पाँच सय २८ पुगेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताए ।